'डिफेन्डिङ च्याम्पियन' सराईलाई घोरबन्दा कपको उपाधि, सुजन बने सर्वोत्कृष्ट

पाल्पा | भदौ २२, २०८१

'डिफेन्डिङ च्याम्पियन' सराईलाई घोरबन्दा कपको उपाधि, सुजन बने सर्वोत्कृष्ट

पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा सम्पन्न नकआउट फुटबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन सराई एफसीले जितेको छ ।

 

हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा शुक्रबार भएको फाइनल खेलमा दमकडा ब्रदर्शलाई २–१ गोल पराजित गर्दै सराईले उपाधि जितेको हो ।

 

सराई गत वर्षकोसमेत विजेता हो । सराईको जीतमा अवतार थापाले २ गोल गरे । यता हार व्यहोरेको दमकडाका तर्फबाट आवेश शाहीले १ गोल गरे ।

 

उपाधिसँगै सराईले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाापत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको दमकडालाई नगद रु ३० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको खेल संयोजक अर्जुन चर्तीले जानकारी दिए ।

 

 

उनका अनुसार सो प्रतियोगिताबाट सराईका सुजन रानामगर सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । 

 

सर्वाधिक गोलकर्ताका रुपमा अवतार थापामगर (४ गोल), उत्कृष्ट गोलरक्षकका रुपमा दमकडाका विशाल चौवे, उत्कष्ट डिफेण्डरमा सराइककै सुमित मल्ल, उत्कृष्ट फरवार्डमा आवेश शाही र उदीयमान खेलाडीका रुपमा नवजागृति निलो का आदेश सारुमगर पुरस्कृत भए । 

 

कुल १३ टिमको सहभागिता रहेको प्रतियोगिताको  विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई प्रमुख अतिथिसमेत रहेकी बगनासकाली गाउपालिकाकी प्रमुअ सरस्वती दर्लामी चिदी, वडा १ का वडाध्यक्ष  शेर बहादुर चिदी, वडा सदस्य मानु सोमै, लुम्बिनी प्रदेश फूटबल संघ उपमहासचिव  प्रज्वल उदय, हनेरी क्याप्टेन आनन्द कुमार थापा सारु, क्लबका सल्लाहकारहरु  सु. बि.एस. थापा, घोरबन्दा महिला समुहको अध्यक्ष कविता गाहा, कानुङ लाङ्घाली गुमष्ठा घोरबन्दाका अध्यक्ष बलराज गाहा लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

समापन कार्यक्रममा नवजागृती युवा क्लबका कलाकारहरुले विविध सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए  ।

 

क्लबका अध्यक्ष जनक गाहाको सभापतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन क्लबका पूर्व अध्ष्क्ष दिनेश कुमार थापा सारुले गरेका थिए ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्